भाद्र १८ र १९ गते लिमी महोत्सवको तयारी

१ हजार २ सय बर्ष पुरानो हल्जी गुम्वा, तातोपानी, लिमी भ्यालीको अबलोकन, लिमीबासीले प्रयोग गर्ने नमूना शौँचालय, बहुपति प्रथा, ताल, हिमाल, जंगली चौरी, जंगली घोडा, कस्तुरी मृग महोत्सवका मुख्य आर्कषक हुने छ

चार हजार मिटर भन्दा अग्लो स्थानमा बस्ती रहेको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हल्जी गाँउमा आगामी भदौ १९ र २० गते महोत्सव गर्न लागिएको पालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताए ।

फरक भेषभुषा र रहनसहन भएको हिमाल पारीको  गाँउको रुपमा परिचित हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर- ६ को लिमीमा पर्यटक महोत्सव हुने भएको छ ।

धेरै पर्यटकीय स्थल भए पनि प्रचारको अभाबमा आझेलमा परेको गाउँपालिकाले कर्नाली पर्यटन बर्षको अवसरमा उक्त महोत्सव गर्न लागेको हो ।

धेरै पर्यटकीय संभावना भएर पनि प्रचार कै अभावमा ओझेलमा परेको लिमीका बारेमा धेरै कुरा सबैलार्इ बुझाउन यो महोत्सव गर्न लागिएको उनले बताए । महोत्सवमा बिशेष गरी स्थानीय संस्कृति झल्कने पहिरन, परम्परागत रुपमा प्रयोग हुने गरेका बस्तु, फेरुवाका पाल, स्थानीय नृत्य, भेषभुषा, १ हजार २ सय बर्ष पुरानो हल्जी गुम्वा, तातोपानी, लिमी भ्यालीको अबलोकन, लिमीबासीले प्रयोग गर्ने नमूना शौँचालय, बहुपति प्रथा, ठिमाह प्रथा, झरना, ताल, हिमाल, जंगली चौरी, जंगली घोडा, कस्तुरी मृग महोत्सवका मुख्य आर्कषक हुने छ । धेरै पर्यटकीय संभावना भएर पनि दुर्गम र प्रचार अभावका कारण लिमी अझै पनि ओझेलमा परेको छ ।

नेपाली भुभागबाटै मानसरोवर कैलाशको अवलोकन गर्न सकिने लाप्चा लेखमा महोत्सव अवलोकनमा आउने पाहुनालाई अनिवार्य लगिने गाउँपालिकाले जनाएको छ ।

‘कर्नाली रारा पर्यटक महोत्सव’लाई सफल बनाउन र धेरै पर्यटकीय संभावना भएको लिमी भ्यालीको बारेमा सबैलाई जानकारी गराउन गाउँपालिका, नेपाल पर्यटन बोर्ड, अन्तराष्ट्रिय गैरसरकारी संस्था ईसिमोडको आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लागिएको हो ।

महोत्सवको तयारी तीव्र पारिएको गाउँपालिकाका प्रबक्ता मोहन बहादुर शाहीले बताए । महोत्सवमा कर्नाली  प्रदेशका मुख्यमन्त्री, पर्यटन मन्त्री लगाएका बिशिष्ट ब्यक्तिहरुलाई आमन्त्रण गरिने भएको छ ।