नेपालले भारततर्फ ढल्किनैपर्छ, चीनसँगको गठवन्धन अस्थायी हो – भारतीय सेनाप्रमुख रावत

१ असोज, काठमाडौं ।। भारतीय सेनाका प्रमुख विपिन रावतले भौगोलिक कारणले नेपाल र भुटानजस्ता मुलुक भारततर्फ ढल्किनु पर्ने बताएका छन् ।

उनले नेपालको चीनसँगको गठवन्धनअस्थायी भएको समेत बताएका छन् ।  नेपाल र भुटान जस्ता देशहरुले भुगोलका कारण भारततर्फ ढल्किनैपर्छनेपालले बिमस्टेक सैन्य अभ्यासमा सहभागिता नजनाएको बिषयमा सोधेको प्रश्नको उत्तरमा उनले यसो भनेका हुन् ।

माइलेक्स१८ नाम दिइएको सैन्य अभ्यासको समापन समारोहको साइडलाइनमा आइतबार बोल्दै उनले चीनसँगको नेपालको झुकाव अस्थायीमात्र रहेको र भूगोलका कारण भारतसँगै हुने र हुनुपर्ने बताएका हुन् । 

भारतीय सञ्चारमाधयमहरुले बिमस्टेक सैन्य अभ्यासमा नेपालले अन्तिम क्षणमा आएर सहभागि हुन नसक्ने भन्दै चीनको दवावमा परेको बिश्लेषण गरिरहेका छन् । भारतीय सेना प्रमुखले पनि नेपाली सहभागिता नभएकोमा असन्तुष्टी राखेका हुन् । 

दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको उनले बताएको समाचारहरुमा जनाइएको छ । सेप्टेम्बर १० देखि भारतको पुनेमा भएको बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासपछि मिडियासँग प्रतिक्रिया दिँदै रावतले नेपाल र भारतले भौगोलिक कारणले गर्दा भारतसँग निकट भइरहनुपर्ने बताएका हुन् ।

उनले भारतीय राजनीतिक नेतृत्वले छिमेक पहिलाको नीति लिएको र बिमस्टेक त्यही नीतिको सफलताका लागि भएको बताए ।  हामी हाम्रा छिमेकीहरूसँग सम्बन्ध सुदृढ गरिरहेका छौँ । हामी ठूलो देश हौँ, यदि हामीले त्यसको नेतृत्व लियौँ भने अरुले पनि त्यसलाई पछ्याउँछन्उनले भने ।

७ सदस्य राष्ट्रमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरू स्थल सैन्य अभ्यासमा सहभागी भएका थिए भने नेपाल र थाइल्यान्डले पर्यवेक्षकमात्र पठाएका थिए ।

सेना प्रमुख रावतले प्रतिआतंकवादका लागि सदस्य राष्ट्रहरूबीच यस्ता सैन्य अभ्यासहरू जारी रहने बताए । यद्यपि उनले यस्ता सैन्य अभ्यास भारतमा मात्र गर्ने वा अन्य देशमा पनि भन्ने निर्णय हुन बाँकी रहेको बताए ।

सेनापति अधि भारतीय रक्षा राज्यमन्त्री सुवास भाम्रेले नेपालले पर्यवेक्षकका रुपमा सहभागिता जनाएकाले भन्दै त्यसलाई नकारात्मक रुपमा बुझ्नु नहुने बताएका थिए । उनले अभ्यासभन्दा ठिक अघि नेपालमा सेनाको नेतृत्व पनि परिवर्तन भएको भन्दै त्यसका कारण पनि अपेक्षित सहभागिता हुन नसकेको हुनसक्ने सकेत गरेका थिए । 

नेपालले बिम्स्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा अन्तिम समयमा सहभागिता जनाएन । नेपालको सहभागितालाई लिएर सत्तारुढ पार्टीभित्रै विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका थिए । भदौ २५ देखि ३१ गते भारतको पुणेमा संयुक्त सैन्य अभ्यास भएको थियो । अभ्यासमा थाइल्याण्डले पनि पर्यबेक्षक तहको मात्र सहभागिता जनाएको थियो ।  

चक्रपथ डट कमबाट