शिक्षा आयोगका लागि हवाई भाडा मात्र दुई करोड, हुम्ली परिक्षार्थीहरूको उठीबास

सुरक्षा र व्यवस्थापनको समस्या देखाएर शिक्षक सेवा आयोगले हुम्ला जिल्लाका परिक्षार्थीहरूका लागि पनि सुर्खेतमा केन्द्र राखेपछि करीब छ सय परिक्षार्थीहरूले आउनजान प्रति व्यक्ति जनही करीब ३० हजारका दरले पनि

२ असोज, हुम्ला ।। असोज ११ गतेदेखि १३ गतेसम्म हुने विद्यालयस्तरको तीनै तहको शिक्षक सेवा आयोगको जाँच दिन हुम्ला लगायत दुर्गम क्षेत्रका परिक्षार्थीहरू महङ्गो हवाई भाडातिर सुर्खेत झरेका छन् । उता जिल्लाभरीका सबै विद्यालयहरू लगभग पुरै बन्दको अवस्थामा रहेका छन् ।
परिक्षा दिनका लागि तीन महिनादेखि एक महिनाको विदा लिएर तयारी गर्न गाउँ गाउँमा भएका विद्यालयका अस्थायी र राहत तथा अन्य बेराजगार युवाहरू सुर्खेतमा ओलिएका छन् । उनीहरूले छोटो समयमा लागि परिक्षाको तयारी कक्षा खाना बस्न पनि महंगो तिर्नु परेको मानसरोवर माविका शिक्षक लक्ष्मण वोहराले जानकारी दिए ।
सुरक्षा र व्यवस्थापनको समस्या देखाएर शिक्षक सेवा आयोगले हुम्ला जिल्लाका परिक्षार्थीहरूका लागि पनि सुर्खेतमा केन्द्र राखेपछि करीब छ सय परिक्षार्थीहरूले आउनजान प्रति व्यक्ति जनही करीब ३० हजारका दरले पनि करीब एक करोड ७० लाख हुन आउँछ ।
लगतै दशै र तिहार आएकाले यो वर्षको शैक्षिक सत्र हुम्लाका लागि धेरै असर परेको स्थानीय अविभावहरू बताए पनि एकातिर राजगारको कुरा छ अर्कातिर विद्यार्थीको पढाएको अवस्थामा यसैले पनि दोहोर मारमा अविभावकहरू परेको बालमन्दिर माविका विद्यालय व्यवस्थापनमा अध्यक्ष गोरा रावतको भनाई रहेको छ ।