स्वार्थमा साँघुरिएको सडक, घर जोगाउन बर्साती कायम

शुरुवातमा यो सडकको सूचना निकाल्दा १६, १२, १० मिटर उल्लेख गरिएको थियो । यो सूचनाले कम्तिमा दस मिटर पिच हुनै पर्ने इंगित गर्दछ । दस मिटर पिच, नाली र सडक पेटीको ठाउँ छोड्दा धेरैको घर संरचनामा असर पर्ने देखिएको थियो । तथापि, जुन तरिकाबाट कडारुपमा सदरलाइनको उत्तर–दक्षिण सडकका दुबै किनारमा पर्ने बर्साती (बरण्डा) संरचना भत्काउन

४, असोज, नेपालगञ्ज ।। नेपालगञ्जको पुरानो मुख्य बजार त्रिभुवन चोकदेखि रानीतलाउसम्मको सडक निर्माणमा मापदण्डलाई पन्छ्याएर काम  भइरहेको पाइएको छ । न्यूनतम दस मिटर पिच हुने गरी बनाइएको सरकारको मापदण्डलाई लत्याउ“दै यो सडक खण्ड निर्माण भइरहेको हो ।

एशियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा निर्माण भइरहेको यो सडकखण्डको निर्णयहरु औपचारिक सार्वजनिक गरिएका छैनन् । गोप्य स्रोतबाट प्राप्त जानकारी अनुसार, शुरुवातमा यो सडकको सूचना निकाल्दा १६, १२, १० मिटर उल्लेख गरिएको थियो । यो सूचनाले कम्तिमा दस मिटर पिच हुनै पर्ने इंगित गर्दछ ।

दस मिटर पिच, नाली र सडक पेटीको ठाउँ छोड्दा धेरैको घर संरचनामा असर पर्ने देखिएको  थियो । तथापि, जुन तरिकाबाट कडारुपमा सदरलाइनको उत्तर–दक्षिण सडकका दुबै किनारमा पर्ने बर्साती (बरण्डा) संरचना भत्काउन उपमहानगरपालिका उद्यत बनेको थियो, त्यस्तो त्रिभुवन चोक पूर्व लाइनमा नदेखिइनुलाई लिएर धेरैले टिप्पणी गरिरहेका छन् ।

‘सदरलाइनको बर्साती भत्काउन मेयर आफै उत्रिएको देखिएसरह पूर्व लाइनमा कुन कारणले बर्साती नभत्काउने निधो गरिएको हो त ?,–‘नगरपालिकासम्बद्ध स्रोतले भन्यो,–‘यसमा नितान्त स्वार्थ गा“सिएको प्रष्ट छ । बर्साती त्यत्तिकै छाडेर सडक सांघुरो बनाउने काम हुनु पछाडी बिनास्वार्थ पक्कै होइन ।’

अहिले यो सडक ८ मिटर पिच हुने गरी निर्माणाधीन छ । उपमहानगरपालिकाले गोप्य रुपमा दुबैतर्फ एक मिटर छोड्ने र आठ मिटर पिच गराउने प्रस्ताव गरेको छ । २०७४ बैशाख २२ गते यस्तो सूचना टा“स गरिएको थियो । एक कर्मचारी भन्छन्,–‘३ मे २०१७ मा क्षेत्रीय शहरी विकास आयोजनामा प्रस्ताव पठाइएको छ ।’

आयोजनाले शुरुवातमा बनाइएको मापदण्डलाई काट्न नसक्ने जानकारहरुको भनाइ छ । पछिल्लो प्रस्ताव पास नहु“दै जोखिम मोलेर यहाँ आठ मिटर पिच गर्ने गरी काम भइरहेको छ ।

यो सडक खण्ड तोकिएको मापदण्डअनुसार बन्ने भन्दै शुरुवाती चरणमा नक्साङ्कन गरिएको थियो । त्यतिबेला यो खण्डमा पर्ने धेरै घरमा ‘रातो चिन्ह’ लगाइसकिएको थियो । मुद्दामामिला, किचलोका बाबजुद सदरलाइन विस्तार भएपछि यहाँ पनि मापदण्ड अनुसार नै घरहरु भत्काइने भनेर अधिका“श घरधनीहरु बर्साती तोड्नुपर्ने मनःस्थितिमा रहेका थिए । तर, बर्साती तोड्ने कार्य किन गरिएन भन्ने प्रश्नको औपचारिक जवाफ कसैले दिएका छैनन् ।

तत्कालीन वडा १० र ११ मा पर्ने यो सडक खण्ड नवीकृत संरचना अनुसार हाल वडा ८ मा पर्ने भएको छ । सो सम्बन्धमा वडा ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले आफूले बर्सातीका विषयमा कुरो उठाएको बताउनुभयो । ‘मैले कुरा राखेकै हु“,–उहा“ले भन्नुभयो,–‘तर मेयरले सडक चाक्लो भए भैहाल्यो, बर्साती काट्नु किन प¥यो भन्नुभयो ।’

बर्साती नहटाइ“दा र पहिलेको नालीको आकार बढाएर नालामा रुपान्तरित सडकको चौडाइ पहिलेको तुलनामा ३ मिटर जति सा“घुरो भएको छ । सडक सा“घुरो भएकोमा सो क्षेत्रमा पसल सञ्चालन गरिरहेकाहरु अधिका“शले असन्तुष्टि जनाइरहेको पाइएको छ । उनीहरुले सडकको चौडाइ घटेपछि यसको सौन्दर्य प्रभावित हुनुका साथै किनमेलमा पनि असर पार्ने संभावना औंल्याइ रहेका छन् ।

सडकसम्बन्धी कानुन बुझेकाहरुले पनि यसबाट क्षणिक लाभ भएपनि दीर्घकालीन रुपमा असर गर्ने बताएका छन् । घर संरचना जोगाइदिने स्वार्थमा सडक घटाइ“दा मानिस हि“ड्ने फुटपाथ नै हटाइएको छ । सो सडकमा हि“डनेहरुले अब नालामाथि नै पेटीका रुपमा प्रयोग गर्नु पर्ने भएको छ । सडक सा“घुरो हुने बित्तिकै पसलमा किनमेलका लागि आउने ग्राहकका निम्ति सवारी साधन रोक्ने ठाउँ नहुने देखिएको छ । ‘केही गरि पसल अगाडि सवारी साधन रोक्दा बाटोमा आवागमन गर्ने सवारी साधनलाई बाधा पुग्ने भएको छ,–‘एक पसलेले गुनासो गरे,–‘यसबाट दीर्घकालीनरुपमा बजारमा असर पर्ने नै हुन्छ ।’

त्रिभुवन चोकदेखि पूर्व रानीतलाउ सम्मको सडक खण्ड निर्माणमा सदरलाइनमा ‘कसको घर कति भत्कियो, क–कसले घर भत्काउन मन्जुरी दिए’जस्तो रिपोर्ट बनाइएको छैन,–जानकार एकले भने,–‘आयोजनाले सदरलाइनको कति घर थिए, क–कसले घर भत्काउन सहमति जनाए, कसको कति घर भत्कियो, को–कसले विरोध गरे सबै रिपोर्ट केन्द्रमा पठाइएझै“ पूर्वलाइनको भने एउटा पनि यस्तो कागजात केन्द्रमा पुगेको छैन ।’

बर्साती जोगाइनुका कारण त्रिभुवन चोकदेखि रानीतलाउसम्मको सडक खण्डमा बर्सातीलाई जोगाइदिनुमा व्यक्तिगत कारण नै रहेको देखिएको छ ।

नेपालगञ्जको जटिल मानिएको सदरलाइन विस्तारमा सहयोगी भूमिका खेलेको देखिएका नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको त्रिभुवन चोक पूर्व रानीतलाउसम्म पर्ने घरहरु जोगाउन सडकको चौडाइ कम गरिएको स्रोतले बताएको छ । आफ्नै घरका मुहार भत्काउनु पर्ने देखिएपछि बैश्य र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाबीचको विशेष मन्त्रणामा सडक सांघुरो बनाइएको स्रोतको दावी छ । हुनत, बजार हल्लालाई दृष्टिगत गर्ने हो भने पनि यस्तै चर्चा सर्वत्र व्यापक रहेको पाइन्छ ।

संघका अध्यक्ष बैश्यको उक्त सडक खण्डमा तीनवटा घर रहेका छन् । बर्साती भत्काइ“दा यी तीनवटै घरको सामुन्ने संरचनामा प्रत्यक्ष असर पुग्ने देखिएको छ ।

सडक स्तरोन्नतिको पृष्ठभूमि

एडीबीले नेपालगञ्ज, धरान, जनकपुर र भैरहवामा एकैपटक काम गरेको छ । २०७१ जेठ २४ गते निकालिएको सूचनामा नेपाल सरकारको मापदण्ड पूरा गरेर सडक निर्माण गर्ने बताइएको छ । त्यहीबेला सरकारको गाइडलाइन, वातावरणीय मूल्याङ्कन प्रभाव, शहरी विकासको मापदण्डहरु पालना गर्ने भनिएको छ ।

एडीबीको अनुदानलाई ल्याउन २०७० असोज १४ गते शुरुवाती बैठक बसेर समिति बनाइएको थियो । त्यसपछि २०७० पुस ६ गते दोस्रो बैठक बस्यो । यी बैठकमा नेपाल सरकारको मापदण्डअनुसार नै काम गर्ने निर्णय गरिएको छ । त्यतिबेला नेपालगञ्ज नगरपालिकाको कार्यकारी अधिकृत लोकबहादुर सुनार हुनुहुन्थ्यो । उहा“ अहिले नेपालगञ्जस“गै जोडिएको जानकी गाउ“पालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

२०७३ पुस २७ गते बुधबार नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बैठक बस्यो । सदरलाइनको सडकबारे सहमति जुटाउन बसेको बैठकबाट १४ मिटरको सडक बनाउने निर्णय गरिएको थियो ।

सदरलाइन विस्तारलाई जटिल हुने बुझेर सबै शक्ति यतैतिर केन्द्रित बनेको थियो । जबकी सदरलाइनस“गै जोडिएको त्रिभुवन चोकदेखि रानीतलाउसम्मको सडकतर्फ कसैको ध्यान नगएको बुझिन्छ ।

‘बिस्तारै दिनहरु बित्दै गयो । सदरलाइनमा निर्माणका क्रम शुरु हुन थालेपछि विस्तारका विरोधीहरु पाखा लाग्दै गएर सबैको ध्यान यतै केन्द्रित भएको बेलामा पूर्वी सडक निर्माण थालियो,–‘स्रोतले भन्यो,–‘त्यता बोल्ने स्वर पातलो भैसकेको थियो ।’

 

‘सन् २०१५ मा पेश भएको मापदण्डको रिपोर्ट अहिले आएर स्थानीय तहबाटै चेन्ज गर्न कहाँ पाइन्छ ?,–‘नेपालगञ्जमा एडीबी ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्वमन्त्री सर्वदेव ओझाले भन्नुभयो,–‘यहाँ सरासर बेइमानी भएको छ । यो तत्काल लाभका लागि मात्र सोचेर गरिएको हुन सक्छ । सरकारको नीतिलाई बाइपास गरेर जान त पाइ“दैन ।’

अझ अचम्मलाग्दो त के छ भने रानीतलाउदेखि पूर्व बुलबुलिया रोडलाई फोहोर व्यवस्थापन रोड भन्दै १६ मिटर बनाउने भनिएको छ । उपमहानगरपालिकाबाट गरिएको यो कामले निहित स्वार्थवशमात्र त्रिभुवन चोकदेखि रानीतलाउसम्म सडकको चौडाइ घटाइएको भनी तर्क राख्नेलाई बल दिएको छ ।

सो सम्बन्धमा ईन्जिनियर शैलेन्द्रकुमार महर्जनले त्रिभुवन चोक पूर्व लाइनको सडक तोकिएको क्षेत्रफलमै बनाइएको दावी गर्नुभयो । उहा“ले सडकको चौडाइ नालासमेत १२ मिटरलाई मिच्ने काम नभएको भन्दै सडकका दुबै किनाराका बर्साती (बरण्डा) भत्काएर फुटपाथ बनाइनुपर्ने बताउनुभयो । ‘अहिले फुटपाथ नै  छैन । मानिस हि“ड्ने फुटपाथ त हुनै प¥यो नी,–‘महर्जनले भन्नुभयो,–‘उपमहानगरपालिकाले बर्साती भत्काएमा एडीबीबाट सडक पेटी तुरुन्तै बनाउन सकिन्छ ।’

सोही विषयमा थप स्पष्टताका लागि बुझ्न सम्पर्क प्रयास गर्दा नगर मेयर राणा तेस्रो मुलुकतिर र नेपालगञ्ज उद्योग बाणिज्य संघ अध्यक्ष बैश्य भारततिर गएको जानकारी प्राप्त हुन आयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सरकारी मापदण्ड मिचेर काम हुन नसक्ने बताउनुभयो । ‘कसैले प्रलोभनमा पारेर त्यस्तो काम गरेका छन् भने मान्य हु“दैन,–‘ प्रवक्ता रिजालले भन्नुभयो,–‘कतैका पनि संरचना शुरुवातमा जति मिटर बनाउने योजना बनेको छ, त्यति नै राखिनु पर्दछ ।’

बर्साती खण्ड सरकारकै अधीनस्थ रहेकोमा त्रिभुवन चोक पूर्व लाइन सडक किनारका बर्साती त्यत्तिकै कायम रह“दा भोलिका दिनमा पुनः स्वामित्वको विवाद उठ्न सक्ने प्रबल संभावना रहेको छ । सो सडकमा निर्माणबारे बोर्डको निर्णय भएको भन्ने भनाइ सम्बद्ध केहीबाट आएकोमा त्यस्तो निर्णय कुनै बोर्ड बैठकबाट नभएको वडाध्यक्ष सुरेन्द्र गुप्ताले स्पष्ट गर्नुभयो । उक्त सडक खण्डमा निर्माण कार्य थालिंदा पनि वडाध्यक्षलाई कुनै पूर्व जानकारी नदिइएरै गरिएको बताइएको छ ।

कालपृष्ठ दैनिकबाट