विद्यालयलाई दश लाखभन्दा धेरै रकमको डिजिटल सामाग्री सहयोग

६ असोज, हुम्ला ।। प्रविधिमैत्री विद्यालय बनाई ईलनिङ्ग र ईटिचिङ्ग गर्न गराउनका लागि पछिल्लो समय विद्यालयहरुमा पनि सुधार हुँदै छ । कहीँ हेलो अविभावक सेवा त केही कम्प्युटर कक्षा र कतै ओएचपी लनिङ्ग कक्षा शुरु हुनु सुखद् शुरुवात हो ।

हुम्लाका विभिन्न विद्यालयहरुमा सरकारी तथा गैससहरुको तर्फबाट विभिन्न समयमा यस्ता विभिन्न प्रकारका सामाग्रीहरुको वितरण हुँदै आएको छ । यसैको पछिल्लो शृङ्खला हो किर्डा र गुड नेर्वस इन्टरनेसनले मालिका मावि र सिता माविलाई १८ कम्प्युटर, दुई प्रोजेक्टर, छ मल्टिमिडिया र केही थान साउण्ड सिस्टम उपलब्ध गराएको छ ।

यसले गर्दा ग्रामीण क्षेत्रका विद्यालयहरुमा एकातिर व्यावहारिक रुपमा कम्प्युटरको ज्ञान सिकाईमा सहयोग पुग्ने छ भने अर्कातिर ईलनिङ्ग र ईटिचिङ्गका लागि सजिलो हुने सम्बन्धीत विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।

दुबै विद्यालयलाई १० लाख ३५ हजार २ सय ९२ बजेट बराबरको सहयोग प्राप्त भएको छ । यसमा ५७ हजार ८ सय ८० रकम ढुवानीमा खर्च भएको छ भने अन्य रकम सामान खरिदमा गएको किर्डाक हुम्लाका शिक्षा बिकास अधिकृत बलिराम चौधरीले जानकारी दिए ।