ऐतिहासिक धरातलमा हुम्लालाई खोज्दा

वि.सं. ६६३ देखि वि.सं.२०७५ सम्म १४१२ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथलहरु मध्येको सबभन्दा ठूला परिवर्तनहरु पाँचौ शताब्दीको मस्टोको प्रवेश, छैटौं शताब्दीमा पालहरुको राज्य स्थापना, सातौ शताब्दीमा बौद्ध धर्मको आगमन, एघारौं शताब्दीमा खशहरुको राज्यसत्ता स्थापना, पन्ध्रौं शताब्दी कल्यालहरुको उदय

२० असोज २०७५, हुम्ला ।। “प्राचिन साहित्यमा हिमालयलाई पाँच खण्डमा विभाजन गरिएको चर्चा पाइन्छ । जसमध्ये क्रमश : नेपालखण्ड, कुमाऊँखण्ड, केदारखण्ड, जालन्धरखण्ड र काश्मीरखण्ड (नेपाली भाषाका हजार वर्ष—मोहनप्रसाद खनाद, प्रकाशक राइनो पब्लिकेसन प्रा.लि. काठमाडौ नेपाल, पे.३) ।” यसरी हिमालयको काखमा रहेको नेपालको गौरबमय इतिहास रहेको छ । सपादलक्ष राज्यको एक खण्ड हुम्ला हो ।

वि.सं. ६६३ देखि वि.सं.२०७५ सम्म १४१२ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथलहरु मध्येको सबभन्दा ठूला परिवर्तनहरु पाँचौ शताब्दीको मस्टोको प्रवेश, छैटौं शताब्दीमा पालहरुको राज्य स्थापना, सातौ शताब्दीमा बौद्ध धर्मको आगमन, एघारौं शताब्दीमा खशहरुको राज्यसत्ता स्थापना, पन्ध्रौं शताब्दी कल्यालहरुको उदय, उन्नाइसौं शताब्दीमा गोर्खालीकरणको अभियानहरु जस्ता इतिहासका घटनाक्रमले कर्नालीलाई व्यापक रुपमा प्रभाव पारेको पाउँछौं । यसले समाजमा एक एक क्रान्तिकारी उथलपुथल ल्यायो । जित्नेको इतिहास लेखियो, हार्नेको हरायो ।

रल्लिङ गुम्बाको वि.सं. १३१२ को नेपाली भाषाको ताम्रपत्र कसरी लेखियो त ? नत्र भने कसरी नेपाली भाषाको जननी खश भाषाको जन्म त्यसै आकाशबाट खसेर त भएको हैन होला ? यो एक रोचक, घोचक र सोचनिय पक्ष हो र हो वर्तमानको आफ्नो स्व–पहिचान खोज्ने समयको लागि एक अन्वेषणको लागि कठीन यात्रा हो । जसरी कर्णालीलाई अतिप्रतिशोधात्मक र घोकापूर्ण तरिकाले गोर्खालीकरण गरियो ।

सिज्जा हाट, दुल्लु विराटको स्वर्णकाल हो । रानीसैन, मेल्छाम बगर, टौवन, चंखेली, न्यालु, धौलावन, च्वाँखोला, चाप्रा¨, थोलिङ, देबकोट, जिदीकोट, ल्हुकोट, सिमकोट, रोडीकोट, तुम्कोट र दार्माकोटका भग्नावशेषको टुल्कु र टावा हो ।

वि.सं. १८४६ पछि हुम्ला जिल्लाको सिमकोटमा रहेको दोचादोफर गुठीको लालमोहार तत्कालीन राजा राजेन्द्रबाट वि.सं. १९०३ मा भएको पाइएको छ । यो नै कर्नाली प्रदेश गोर्खालीकरण भए पछिको लेख्य रुपको एक नमुना मान्न सकिन्छ ।

यस्तै प्रकारले स्थानीयस्तरमा गरिने आर्थिक लेनदेनका तमासुकहरु, गुम्बा, माँणुहरुमा तयार गरिएमा भोजपत्रका दस्तावेजहरु, जन्मकुण्लीका रुपमा तयार गरिएका चिनाहरु, प्रत्यक नयाँ वर्षमा स्थानीय रुपमा तयार गरिएक पात्रोहरु आदिलाई लेख्य साहित्यको रुपमा लिन सकिन्छ । यो चलन गाउँघरमा आज पनि ताजा अवस्था रहेको छ । मात्र स्थानीय अन्वेशकहरुको अभावमा यी दस्ताजेहरु प्रकाशन आउन सकेका छैनन् ।