कर्नालीका यी पशुपन्छीहरू खुला जैविक पर्यटनका आधारस्तम्भ हुन् !

२१ असोज २०७०, हुम्ला ।।
जैविक विविधताको धनात्मक र ऋणात्मक शतिm मानिएको छ । यसले शक्ति पृथकीकरणको संयोग र वियोगको आहार र विहारलाई समुचित रुपमा उपयोग गर्दै संहारलाई रोकेको छ । यो चौंरी झैँ पबित्र छ । ‘नावर’ झैँ स्वतन्त्र छ । ‘हातेजडी’ झैं पौष्टिक छ । कस्तुरी झैँ सुवासित छ र मौरी झैँ लगनशील पनि छ ।

उपियाँ – मानिस र जनावरहरुमा लाग्ने परजीवि, रक्त पीपाशु
कस्तुरी – हिमालमा पाइने सुगन्धीत कस्तुरी हुने जनावर, बहुमुल्य, महंगो कुरा
काँकर – आफैले बादेर आफै तर्सने एक जनावर, काँतर, काम नलाग्ने अर्थमा प्रयोग हुने शब्द
किर्ना – पशुहरुमा लाग्ने परजीवी, रगत चुसुवा, धुर्त, लोभिको अर्थमा प्रयोग हुने शब्द
किरा – अति सानो तर विषालु किरा
घुन – अन्नमा लाग्ने किरा, चुसुवा, धुर्त र फताहाको अर्थमा प्रयोग हुने शब्द
चाँचर – सुरीलो स्वर भएको चरा, जसको स्वरको प्रतिकात्मक शब्द चाँर्ची नामाकरण भएको
चैत्याच – डोबसन्तको दोस्रो महिना खेती आयो भनेर जनाउ दिने चरो ।
चौंरी – हिमाली भेगमा हुने पशु, जसको अर्थ पवित्र, शुद्ध, ताजा, स्वस्थको अर्थमा पनि प्रयोग
छर्को – छेकबार, अवरोध, बार लगाउनु ।
जुनकिरी – राती बत्ती बाल्ने किरा, मेहनत, इमान्दारिता र निरन्तरताको रुपमा प्रयोग हुने शब्द ।
जुमा बाछो – याक, गाई, चोरी र बहरको ठिमाहा सन्तान, यसको अर्थ बलियो र दुधालु हुन्छ ।
जुका – मान्छे तथा पशुमा लाग्ने परजीवि, धु्रत, फटाहा तथा शोषकको रुपमा प्रयोग हुने शब्द ।
जुम्रा – मान्छेमा लाग्ने परजीवि, धु्रत, फटाहा तथा शोषकको रुपमा प्रयोग हुने शब्द ।
ज्वाँल – पशुमा लाग्ने परजीवि, धु्रत, फटाहा तथा शोषकको रुपमा प्रयोग हुने शब्द ।
झारल – हिमाली जन्तु
डाँफे – हिमाली भेगमा हुने सुनौलो र सुन्दर चरो, नेपालको राष्ट्यि चरो
थार – हिमाली भेगमा हुने अर्ना जातको जंगली जनावर ।
नावर – हिमाली भेडो जातको जनावर
परेवा – शान्ति, सन्देशवाहक र सकरात्मक सोचको प्रतीक पन्छी ।

पुर्सोडाँफ्या – हिमाली भेगमा हुने नौरंगको चरो, जसको अर्थ बहुमुल्य, सुन्दर र सुरीलो स्वरको प्रतीकका रुपमा प्रयोगहुने शब्द ।
प्याउँरीकाग – हिउँको सन्देश ल्याउने रातो चुच्चो भएको हिमाली काग ।
बाज – कर्नाली प्रदेशमा मोतीचरीको उपमा पाएको चरो, जसको रुपरंग, आकार र आनीबानीका आधारमा बाजका धेरै प्रकारहरु छन् । बाज समात्ने ठाउँलाई बाजथलो भनिन्छ ।
भेगुडो – हिउँदको समयमा पाइने लाटो, सिदा चरो
भद्दो – हिमाली भेगमा पाइने गाइने चरो, जो नेपालमा मात्र पाइने काँडेभ्याकुरको एक प्रजाति ।
भौंरी -घोडा र घोडा व्यवसायलाई भौंरी भनिन्छ । यो हुम्लाका देउताको प्रतीकात्मक शब्द
मलसाप्रो – वनमा हुने मौरीको शिकार गर्न मन पराउने जीव ।
त्याँ – हिमाली भेगमा हुने झारलको पोथीलाई त्या भनिन्छ ।
रतुवा – रतुवा एक प्रकारको डरछेरुवा र गनाउने जीव ।
हाँडेचील – हिमाली भेगमा हुने चीलको एक प्रकार, जो अतिशक्तिशाली र झगडालु स्वभाकको हुन्छ । जसले हाँडको मात्र आहार खाने गर्छ ।