दशैँमा तलब नपाउने भए जिल्ला कार्यालय खारेजी भएका कार्यालयका कर्मचारीहरुले

देश अन्तर्गत स्थापना हुन लागेका विभिन्न कार्यलयका कर्मचारीहरुको तबल भत्ता स्वरुप करीब दश करोड रकम तलब भत्तामा जाने भए पनि मङ्सिरभन्दा अगाडि उक्त कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले तलब भत्ता पाउने अवस्था देखिदैन ।

२२ असोज, हुम्ला ।। सङ्घीयता लागु भएसँगै द्वन्द्वले निम्त्याएको मिलीजुली खाउ र कर्मचारीतन्त्रको सुनौलौ युगमा रमाएको शासन व्यवस्थाका काम कारवाहीहरु नयाँ संरचनामा जाँदा दशैं तिहार जस्तो राष्ट्यि चाडपर्वहरुमा राष्ट्सेवकहरुले तबल भत्तासम्म नपाउने भएका छन् ।
हुम्ला जिल्लामा सञ्चालित र परिचालित करीब तीन दर्जन जिल्लास्तरीय कार्यालयहरु केही गापा अन्तर्गत र केही संघ अन्तर्गत रहेका छन् भने करीब दुई दर्जन सरकारी कार्यालयहरु प्रदेश अन्तर्गत पुर्नगठित हुने भएकाले पनि त्यहाँ कार्यरत कर्मचारीहरु कामभन्दा त न यता न यताको अवस्थाले दशैं तिहारजस्तो मुख्य र राष्ट्यि पर्वमा समेत तलब भत्ता नपाउने विडम्बना आएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जानकारी दिएको छ ।
के गर्नु हजुर अहिलेसम्म कुनै जानकारी र निर्देशन आएको छैन । के गरेर कुन आधारमा तलव भत्ता खुवाउने उक्त कार्यालय स्रोतको प्रति प्रश्न रहेको छ ।
यसैले पनि हुम्ला जिल्लामा प्रदेश अन्तर्गत स्थापना हुन लागेका विभिन्न कार्यलयका कर्मचारीहरुको तबल भत्ता स्वरुप करीब दश करोड रकम तलब भत्तामा जाने भए पनि मङ्सिरभन्दा अगाडि उक्त कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले तलब भत्ता पाउने अवस्था देखिदैन ।