सीता एयरले टेरेन हुम्लीहरुलाई पर्यटक बोक्दा अघि अघि दशैँ तिहारको घुइँचोमा पछि पछि

विभिन्न एयरलाइन्सहरुको सोधीखोजी गर्दा यो वर्ष पर्यटन सीजनमा धेरै यात्रु बोक्ने सीता एयरले पुनः पूर्वको पर्यटकीय कामलाई बढावा दिएर नेपालगञ्ज सेक्टरलाई खाली गर्दा यात्रुहरु आक्रोसित

२२ असोज २०७५, राँझा, नेपालञ्ज ।। राँझा एयरपोर्ट नेपालगञ्जको परिदृश्य हेर्दा लाग्छ कि मेला हो कि कुनै सांस्कृतिक कार्यक्रम तर यो त कुनै मेला र र्वि नभएर कर्नाली प्रदेशका विभिन्न जिल्लाहरु विशेष गरी हुम्ला, मुगु, जुम्ला, डोल्पा र अन्य क्षेत्रमा उडानका लागि टिकटको खोजी गर्ने यात्रुहरुको हो ।

२०१८ को हालसम्म हुम्लामा उडान भर्ने वायु सेवा कम्पनीहरुले करीब २५ हजार स्वदेशी तथा विदेशी यात्रुहरुलाई ओसारपसार गरेको छ । यसमा ४५ प्रतिशत सीता एयरले मात्र गरेको छ भने अन्यले ५५ प्रतिशत उडान भरेका छन् ।

एकल रुपमा उडान भरी रहेको तारा एयरलाई केही मात्रामा भए पनि पछिल्लो समय समीट एयरले पनि केही राहत दिए पनि अझै सयौंको संख्यामा यात्रुहरु विशेष गरी विद्यार्थी र सर्वसाधारणहरु टिकट नपाएर नेपालगञ्ज एयरपोर्टमा अलपत्र परेका छन् ।

यसका लागि विभिन्न एयरलाइन्सहरुको सोधीखोजी गर्दा यो वर्ष पर्यटन सीजनमा धेरै यात्रु बोक्ने सीता एयरले पुनः पूर्वको पर्यटकीय कामलाई बढावा दिएर नेपालगञ्ज सेक्टरलाई खाली गर्दा यात्रुहरु आक्रोसित बनेका छन् तर पनि सीता एयर नेपागंञ्जका इन्चार्ज मनोज भारतीलाई टेलिफोनबाट सम्पर्क गर्दा केही दिनमा आउने बताए ।

यसैले यो पटक सीता एयरले समयमै दशैँ तिहारको अप्ठयारो अवस्थालाई बुझेर हुम्ला लगायतक कर्नाली क्षेत्रमा उडान नभरे पर्यटकीय समयमा पनि त्यसको बारेमा सोच्न बाध्य हुने पीडित स्थानीयहरुले आक्रोस पोखेका छन् ।