चामले मानसिकताबाट माथि उठौं ओ कर्नालीअ

स्थानीय परिकारहरूमा “ढेसु, कोग्लो, लाडु, चिउला, सेल, पुवा, रोटी, फाँडो, कोल, थुक्पा, डुबुल्का, चुम्फे, लिसिपिसे, पानीढेसु, मच्च्याढेसु, भुब्य्रालगड, लाउन, च्याउँका, बावर, पुली, राइतो, खाजा, पाक्दोल, भाड्यारोटो, भाट्या, गोपीछाला र जगधुलो”हरूका विभिन्न परिकारहरूले हुम्लाको संस्कृतिलाई प्रभाब

२३ असोज २०७५, हुम्ला ।।

 चिना चामल भुन्नै मात्त, भात स्वादी सेताको

विकास  गद्दो भुनिकन, ख्वाइ पड्यो नेताको

हुम्लाको भौगोलिक धरातल चार हजार फिटदेखि २४ हजार फिटको उचाईसम्म रहेको छ । यहाँ बर्षको एक बालीदेखि तीन बालीसम्म पाक्ने स्थानहरू छन् । लिमीदेखि रिमीसम्म, ‘चालादेखि मैलासम्म, ‘सिमकोटदेखि रोडीकोटसम्म, ‘यारीदेखि बारीगाउँसम्म, ‘गोठीदेखि बिगोठीसम्म, ‘थालीदेखि लालीसम्म र गीउसीदेखि पिउससम्म विभिन्न प्रकारका अन्नबालीहरू, तेलहन बालीहरू र दलहनबालीहरू पाक्ने उर्बर र विविकतायुक्त स्थान हो हुम्ला ! यहाँ एकतामा अनेकता, समतामा विविधता र प्राकृतिक भूगोल र मानव भूगोलका अनौठा दृश्यहरू देख्न पाइने विचित्रको स्थान हो ।

यहाँ हुने अन्नबालीहरूमा धान, कोदो, फापर, पल्ती, टौ, जौ, उवा, गहुँ, नाफल, कोदो, चिनु, कागुनो, मार्से, मकै आदि छन् । तेलहन बालीहरूमा सिमी, भट्ट, तिल्खुरो, कदु, चिण्डो, राद्या, अलास, कपास, ढँटेलो, चोती, कोइरा आदि रहेका छन् । दलहन बालीहरूमा घत, मुसुरो, सिमी, भट्ट, माँस, केराउ र चना आदि रहेका छन् ।

यी सबै बालीनालीहरूको पहिलो प्रयोग खाद्यान्नमा हुन्छ भने त्यसपछि मात्र विभिन्न काममा प्रयोग भएको पाइन्छ । जस्तैः स्थानीय परिकारहरूमा ढेसु, कोग्लो, लाडु, चिउला, सेल, पुवा, रोटी, फाँडो, कोल, थुक्पा, डुबुल्का, चुम्फे, लिसिपिसे, पानीढेसु, मच्च्याढेसु, भुब्य्रालगड, लाउन, च्याउँका, बावर, पुली, राइतो, खाजा, पाक्दोल, भाड्यारोटो, भाट्या, गोपीछाला र जगधुलोहरूका विभिन्न परिकारहरूले हुम्लाको संस्कृतिलाई प्रभाब पारेको छ । यी परिकारहरूले हुम्ली समाजको प्रकृतिसँगको कथा गाँसिएको छ । व्यथाको भाका गाँसिएको छ । अपनत्वको नाता गाँसिएको छ । आञ्चलिकताको बिल्ला टाँसिको छ ।

यहाँ त नागराजको नाता जोडिएको छ । बिक्रमसाईको लोकलहरी गोडिएको छ । गोर्खालीको माना चामल तोडिएको छ । लिमीको नाफल काफलभन्दा मिठो र पौेष्टिक हुन्छ । दार्माको कालोमार्सी धान भात मात्र नभएर औषधिको ताल पनि हो । यसले औलो, आऊँ, हैजा र शित ज्वरोलाई खलाँस गर्छ । खामुको तेलले वाथको रोगदेखि हाडको दोकसम्म सञ्चो गर्छ । फापरको पिठो लगड मात्र नभएर रुखाखोकी, पखाला र पिनास निको पार्ने टनीक हो । कागुनो पौष्टिकताको घर हो । चिनु शितको हिटर हो ।

अन्नबाली ओक्तो हुन्छ, चामलका खेती

फापरका डालीमाथि, क्यान लाग्यो मेथी

हुम्लामा चामल र नूनको खेती हुन थालेको छ । यहाँ न त अन्नबालीहरू पाक्छन् न त पाक्छन् हुम्लीका चुल्होमा केही परिकारहरू पाक्छन् । मात्र सरकारको राहतमा भित्रिएको चामलको खाल छ । विश्व खाद्यले दिएको आयातित चनाको दाल छ । आपूm पनि माथि नउठ्ने र अरुलाई पनि माथि उठ्न नदिने प्रवृत्तिहरूको जाल छ । पुत्रविनाका आमाहरू, पुत्रीविनाका बाबुहरूको साल छ । जीनमा नै एड्स, हेपाटाइटीस, मेन्जाइटीस, बर्डफ्लु, डेँगु र स्वाइर्नफ्लु जस्ता महारोगले सङ्क्रमण गर्न थालेको नेपालको पनि सानो नेपाल छ । यहाँ त देशको ऐन हैन कि खोलाको चैनले राजकाज चलाएको छ । कुकुरले पुच्छर हैन कि पुच्छरले कुकुर हल्लाएको छ । गाईबाट बाच्छाहरू हैन कि खच्चरले बच्चा जन्माउन थालेको छ । बिउ मासी घीउ, जीउ मासी पीउ, जग्गा मासी मासु, काड मासी हाडको खेती गरिन थालेको हुम्ला हो ।

यहाँ त न त चेतनाको विकासमा समय खर्चिन थालिएको छ । न त दिप बालेर बाटो खोजिन्छ । मात्र विना श्रमको मोती खोज्ने बानी बसेको छ । प्याकिङ्ग चामलको ब्यागमा ्याकिङ्ग हुन्छ । विकासको नाममा ठेक्का र पढाइको नाममा एक्काको प्रचलन व्यापक रुपमा बढेको छ । सर्प रुखमा चढेको छ । पानी धुरीमा बढेको छ । गैससमा हुम्ली रडेको छ । भएको जग्गामा अन्न फलाउन छोडेर झिनीगीन्टीको , भ्रष्टचारको र विग्रहो ले आन्दोलन चलाएको छ । पुस्तान्तर दरार परेको छ, पारेको छ  । पढेको साक्षर जनशक्ति शैक्षिक जडतामा रुमलिएको छ । उसैलाई भातको खात चाहिन्छ । देशी चियाको लत छ । अनुहारमा एड्सको खत छ । सिफारिसको जागिर खोज्छ । लोकसेवाविनाको अधिकृति खोज्छ । किनुवा प्रमाणपत्रले पाइलाको पाउलो कमाउने प्राविधिक हुन्छ । लेखाको हेक्का नराख्ने लेखापाल हुन्छ । अब त विकास नभै सयमै दिन जानथालेका छन् । होटल र भट्टीहरूमा रक्सीमा माँतेर पत्रकारले विना पारिश्रमिकको धाक लगाएर चाक नधोएर पत्रकारको कार्ड झुन्डयाएर पितपत्रकारीताको काम गर्छ तर म त पत्रकारै त हुँ ? कसले के गर्न सक्छ भनेर चामल र चामलको सिफारिस र निवेदनको भारी बोकेर खाद्य गोदामतिर लाग्छ ? तर खै ? हुम्लाका अन्नबालीहरूको सन्देश लेखेको, तर खै कृषि शिक्षाको समाचार लेखेको ? हो हुम्लामा चामल आपूर्ति गर्नु भनेको राहतको नाममा आहत दिनु हो ।

आइगया आइतबार दाजु, चामलको चीट दिउँला

एक बोतल रक्सीका बिअ, रातभरी सिई दिउँला